३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले आफनो निर्वाचन क्षेत्रमा घरघरमै मास्क वितरण गर्ने कार्यक्रम आज बाट सुरु गरेका छन् । आज सोमबार बिहान ११ वडाबाट मास्कवितरण अभियान शुरु गरिएको छ ।
स्थानीय पार्टि कारयकर्ता उपभोक्ता समिति र टोल सुधार समितिमार्फत मास्क घरमै पुर्याइने सिंहको सचिवालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेता सिंहले नागरिकको जीवनरक्षका लागि मास्क वितरण गर्न लागेका हुन् । उहाले यसअघि पनि क्षेत्र नं १ मा कोरोना महामारीपछि समस्यामा रहेकाहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।
कोरोना कहरकाबिचमा पनि उनले समस्यामा रहेकाहरुलाई सहयोग गर्दै आएका छन् । सामाजिक दुरी कायम गर्दै र सुरक्षा शतर्कता अपनाउँदै आज मास्क वितरण अभियानको शुरुवात गरिएको छ दसै अघि सकेसम्म क्षेत्र भरका सबै मतदाताको घर घरमा पुराउने गरि आज बाट सुरु गरिएको छ । नेता सिंहको बिजय भएदेखी नै आफ्ना मतदाताप्रति चनाखो भई सुखदुःखमा साथ दिईरहेको स्थानीयको भनाई छ । नेता सिंह काठमाडौं वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारलगायतको साथमा माक्स बितरण अभियानमा आज सकृय देखिए भने दैनिक अन्य वडामा पनि माक्स बितरण अभियान जारी रहेको नेता सिंहको सचिवालयको दाबी छ ।






