समाचार

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी कोरोना संक्रमीत

५ कार्तिक, काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन् ।

संक्रमित चौचरीले आफु घरमै आइशोलेसनमा बसिरहेको ट्विटमा जानकारी दिएका छन् । यो सँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।