ब्रेकिङ न्युज

गणेश नेपालीको परिवारलाई सरकारले के–के दिने भयो ? यस्तो छ सहमति

२८ असार, काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको निधनपछि उत्पन्न विवादमा सरकार र पीडित परिवारबीच सहमति भएको छ ।

परिवारले उचित राहत र घटनाको निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गरेपछि सरकार, काठमाडौं महानगरपालिका र परिवारबीच छलफल भएको थियो ।

सहमति अनुसार गणेश नेपालीको परिवारलाई उचित राहत उपलब्ध गराइने, उनकी छोरीको उच्च शिक्षासम्मको जिम्मा लिइने तथा श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने भएको छ ।

त्यस्तै, घटनाको निष्पक्ष अनुसन्धान गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति जुटेको छ । सहमतिपछि परिवारले शव बुझ्ने बाटो खुलेको छ ।