गण्डकी प्रदेश

गण्डकी प्रदेशका विभिन्न स्थानमा गरि थप तीन कोरोना संक्रमीतको मृत्यु

१० कार्तिक, काठमाडौं । गण्डकी प्रदेशका विभिन्न स्थानमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप तीन जनाको ज्यान गएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । मृत्यु हुनेका नवपुरका दुई जना र पोखराका एकजना रहेका छन् ।

नवलपरासी जिल्ला, गैंडाकोट ५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

यस्तै नवलपरासी जिल्ला, कावासोती २ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपरासीमा उपचारका क्रममा निधन भएको छ ।

त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का ७८ बर्षीय कोरोना संक्रमित महिलाको शनिबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा बृत्यु भएको अस्पतालले जनाएको छ ।