पु.समाचार

दुई युवतीमाथि बलात्कार गर्ने १८ वर्षका युवकहरु परे प्रहरीको फन्दामा

१६ कार्तिक, बैलाली । फेरी पनि युवतीमाथि सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ । कैलालीमा १३ र १४ वर्षका दुई युवती सामुहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको हो । सामुहिक बलात्कारमा संलग्न ९ जना युवकको समुहमध्य ८ जनालाई सेहि राती प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार रहेका छन् । फरार रहेका युवकको खोजी भईरहेको प्रहरीको भनाई छ ।

कार्तिक ८ गते अष्टमीको दिन कैलालिको लम्किचुहा नगरपालीका संग जोडिएको जानकी गाउँपालीका ५ अमौरी गाउँमा दुई युवतिलाई ति युवाहरुले नियन्त्रणमा लिई कुटपिट गर्दै बलात्कार गरेका थिए । अष्टमिका दिन आफ्नै गाउँको अर्काे टोलमा नाचो हेर्न गएका ४ बालिका मध्य दुई बालिका बलात्कारको शिकार भएका थिए ।

भने दुई बालिका बलात्कारी युवक मध्यको चिनजानका भएकाले छाडिदिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटना राति ९ बजे भएको र पक्राउ परेका ८ जना युवकहरुले बलात्कारको अभियोग स्वीकारी सकेका छन् ।

पक्राउ पर्नेहरुमा जानकारी ५ का १८ वर्षका कृष्ण नगरकोटि र २२ बर्षका मनोज चौधरि, लम्किचुहा नगरपालीका १ भुरुवाका १९ वर्षका धिरेन्द्र विष्ट, १९ वर्षका नरेश चौधरि, १८ वर्षका रमेह शाहि, १८ वर्षका सत्यक रावल, २० वर्षका रामबहादुर चौधरि, र २१ वर्षका महेश चौधरि रहेका छन् । यस्तै १८ वर्षका चन्द्र शाहि भने फरार रहेको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन घिमिरेले जानकारी दिएका छन् ।

यस्तै बालात्कृत दुई युवतीमा गम्भिर मानशिक तथा शारिक तनाव सिर्जना भईरहेको छ भने उनिहरुको उपचार भईरहेको छ । पक्राउ परेकालाई सामुहिक बलात्कारको कानुनि प्रकृया अघि बढाएको उनले बताए । घटनास्थलको मुचुल्का तयार पारिएको र आज अदालतमा मयाद थप गरी अनुसन्धान अघि बढाईने भएको छ ।