पु.समाचार

कोरोना संक्रमणका कारण विभिन्न स्थानमा गरी थप दुईको मृत्यु

१६ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँके र सुर्खेतमा गरी थप दुई जनाको मृत्यु भएको हो ।

टिकापुर नगरपालीका १ कैलालीका ६० वर्षका पुरुषको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति १ बजे र भेरी गंगा नगरपालीका १२ सुर्खेतका ३२ वर्षका पुरुषको गएराति ११ बजे सुर्खेतस्थित प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कैलालीका संक्रमित पुरुषमा कार्तिक १५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भई उपचाररत थिए भने सुर्खेतका पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याएको एक घण्टामै मृत्यु भएको हो ।

यो संगै कोरोना संक्रमणका कारण कर्णालीका १६ जनाले ज्यान गुमाएका छन् ।