बाग्मती

चितवन मेडिकल कलेजमा उपचाररत थप तिन जना कोरोना संक्रमिले गुमाए ज्यान

१६ कार्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप तिन कोरोना संक्रमीतले ज्यान गुमाएका छन् । मृत्यु हुने तिनै जना पुर्वि नवलपरासिका वासिन्दा रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाँईका अनुसार गैंडाकोट नगरपालीका का एक पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै कावासोति र विनय त्रिवेणी गाउँपालीकामा १–१ जना जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । विनय त्रिवेणी गाउँपालीका १ दुम्किबासकी ६४ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरेर कावासोती नगरपालीका ४८ वर्षका पुरुषको पनि सोहि अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको बताईएको छ ।