पु.समाचार

चितवन र धरानमा गरी कोरोनाका कारण ९ वर्षे बालिका सहित थप तिन जनाको मृत्यु

१९ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण ९ वर्षे बालिका सहित थप तिन जनाको मृत्यु भएको छ । चितवनमा एक महिला र धरानमा एक बालिका / १ पुरुष गरी तिन जनाको मृत्यु भएको हो ।

धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । ईटहरीकि ९ वर्षकी बालिका र धरानका ६१ वर्षका पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सह– प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिएका छन् ।

सोमवार कोभिड–१९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी वडा ६ की ९ वर्षीया बालिकामा अटो इम्युन कन्डिसन रहेको अस्पतालले जनाएको छ । उनको आज बिहान ३ बजेर मा २५ मृत्यु भएको हो । यस्तै हाइपरटेन्सन लगायतका रोग भएका धरान वडा १ का पुरुषमा असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थीए ।  उनको पनी आज बिहान ३ बजेर १५ मा बजे मृत्यु भएको हो अस्पतालले जनाएको छ ।

यस्तै कोरोनाका कारण चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ति नगरपालीका १० की ३९ वर्षकी महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कार्तिक १५ गते स्वास-प्रस्थासमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनमा १७ गते कोरोना पुष्टि भएको थियो । उनको पनि उपचारका क्रममा आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।