मनोरञ्जन

अम्बिका गुरुङको शब्दमा नयाँ गीत तिमी छौ यो मन भरि

२० कार्तिक, काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत तिमी छौ यो मन भरि सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् ।

भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।

गितको भिडियोः