पु.समाचार

काठमाडौंमा ६३२ सहित थपिए उपत्यकामा ८०७ जना कोरोना संक्रमित

३० कात्तिक, काठमाडौं । उपत्यकामा ८०७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ नयाँ संक्रमित थपिएपछि उक्त संक्रमित थपिएका हुन् । आजको संक्रमित कम हुनुमा परीक्षण पनि घटेको कारण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यही समयमा कोरोनाका कारण देशभर ६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । नेपालमा अहिलेसम्म २ लाख ९ हजार ७०६ जना संक्रमित पुगेका छन्। जम्मा मृतक संख्या भने १२ सय २१ पुगेको छ । आज देशभर सात हजार भन्दा कममा परीक्षण गरिएको छ ।