११ मंसिर, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सन मान याँएनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य अन्र्तगतयो नयाँ एनसेल सेन्टर एनसेलले संचालनमा ल्याएको हो । यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुकाबारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीम अपग्रेड गर्ने, सिमतथा मोबाइलनम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिलतिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्यग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मुल्यप्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।
आफ्नो ग्राहक सेवालाई अझ सहजतथा सर्वसुलभ बनाइउत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।





