राजनीति

शिर्ष नेताहरुलाई जनार्दन शर्माको सुझावः आँफुले हारेर पार्टीलाई बचाएमात्रै भन म नेता हुँ !

१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले आँफुले हारेर पार्टीलाई बचाईमात्रै म नेता हुँ भन्न शिर्ष नेताहरुलाई सुझाव दिएका छन् ।

नेकपाको सचिवालय बैठकबस्न केहिसमय बाँकी रहँदा नेता शर्माले पार्टीका शिर्ष नेताहरुलाई यस्तो सुझाव दिएका हुन् । नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता शर्माले आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर्नुपर्नेमा जोड दिएका छन् ।

साथै संस्थागत मूल्य बोध गरी सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर्न आग्रह गर्दै आफु हारेर पार्टीलाई बचाएरमात्रै म म नेता हुँ भन्नुपर्ने बताएका छन् । नेता शर्माले यस्तो भएमा मात्रै बिधिले जित्ने र यसटक बिधिले जित्यो भने राष्ट्र, वर्ग र जनताको जीत हुने धारणा व्यक्त गरेका छन् ।

उनको ट्वीटः आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर । संस्थागत मूल्य बोध गर । सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर । अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ । त्यसो भए बिधिले जित्ने छ । यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ । अन्यथा ।।।