राजनीति

डा संग्रौला आक्रोशितः बलात्कारका घटना दैनिक बढे, नेपाली समाज कता गै रहेको छ?

१३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले बलात्कारलगायतका घटना दिनानुदिन बढी रहेका छन् ? नेपाली समाज कता गै रहेको छ? प्रत्यक्ष र परोक्ष रुपमा सत्ताको बागडोर सम्हाल्ने सरकारी सम्यन्त्र र परिवार, समाज र रास्ट्रका हामी टाढाबाठाले गर्नु पर्ने दायित्वमा हामी कतै चुकेका त छैनौं ? भन्दै प्रश्न गरेकी छन् ।
डा संग्रौलाले हरेक बर्ष महिला बिरुद्ध हुने हत्या, हिंशा, बलात्कार र अन्यायका घटनालाई अन्त्य गर्न बिबिध कार्यक्रम र अभियान चलाइएता पनि बलात्कार सम्बन्धि जघन्य अपराधका घटना हरेक बर्ष बढीरहेको भन्दै चालू आर्थिक बर्षको ३ महिनामा औसत दैनिक ८ जना महिला बलात्कारको शिकार वा बलात्कारको प्रयासको घटना भएको विचार व्यक्त गरेकी छन् । उनले भनिन्, ‘महान्यायाधिवक्ता र प्रहरीको तथ्यांकअनुसार गत ३बर्षमा ३ हजार बालिका बलात्कृत र ७ बर्षको अबधिमा १४ हजार महिला बलात्कृत भएको तथ्यांक सार्बजनिक भएको छ।जाहेरी नदिइएको गाउँ घरमै ढाकछोप गरि दबाइएका घटना त कति छन् कति? महोत्तरी बर्दिबासकी ६ बर्सिया गुलाफ साह खातुन ,धनुषाकि १८ बर्सिया युवती ,बझाङकि १२ बर्सिया सम्झना कामि लगायतको बलात्कार र हत्याको घटना सार्बजनिक हुनुले पाशबिक प्रबृत्ति झागिदै गएको प्रतीत हुन्छ।२बर्ष बित्ता पनि निर्माला पन्तको हत्या पत्ता लगाउन नसक्नुले सरकार र न्यायिक प्रणाली नेपालमा कतिको प्रभावकारी छ भन्ने प्रस्टै हुन्छ।’
डा संग्रौलाले सबैलाई आग्रह गर्दै भनिन्, ‘हामी सबै सजग बनौं र यस्तो पाशबिक प्रबृत्तिलाई निरुत्साहित पार्न इमान्दारीकासाथ लागौं ।’