प्रदेश 1

झापामा मृर्गाैला पीडित महिलाको कोरोनाले लियो ज्यान

१६ मंसिर, झापा । झापामा मृर्गाैला पीडित महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको दमक घर भएकी ८२ वर्षकी महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको पुष्टि भएको हो ।

गत मंसिर कोरोना पुष्टि भएपस्चात बीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमास्थित कोभिड अस्पतालमा भर्ना भएकी महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतकको शव आज विहान नेपाली सेनाले व्यवस्थापन गरेको छ ।