१६ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटार सारिएको छ ।
सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहिस्थित पार्टी कार्यलय जान अस्वीकार गरेपछि बैठक बालुवाटारमा बस्दै छ ।
मंसिर १३ गते बालुवाटारमा बसेको सचिवालय बैठकले आजको बैठक धुम्बाराहिमा राख्ने निर्णय गरेको थियो । सोहि अनुसार आज दिउँसो धुम्बाराहिमा दिउँसो १ बजे सचिवालय बैठक डाकिएकोमा अन्तीममा आएर सारिएको हो ।
धुम्बाराहिमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृहमन्त्रालयको रिपोर्टिङ रहेको भन्दै बैठक बालुवाटारमा सारिएको मन्त्रीहरुलाई जानकारी गराईएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
गत शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए अर्काे आजको बैठक धुम्बाराहिमा बस्ने सहमती भएको थियो ।





