१७ मंसिर, तनहुँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको ब्याँस नगरपालीकामा पुल उद्घाटन गर्ने क्रममा बरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘यो सीडीओ कुन हो ? त्यसलाई समातेर छाड्छौं ।’ ‘प्रशासन हट, हामी पुल उद्घाटन गर्छौं ।’ भन्ने नारा लगाएपछि नेकपा र काँग्रेसबीच भएको बिबादपछि बरिष्ठ नेता पौडेललाई पक्रहरीले पक्राउ गरेको थियो ।
नेपाली काँग्रेस बरिष्यठ नेता पौडेलले ‘पुल उद्घाटन गर्दा कसरी शान्ति सुरक्षा भंग हुन्छ ? कुन जनतालाई नोक्सान हुन्छ?’ भन्दै आक्रो पोखेका छन् ।
नेपाली काँग्रेसका नेता कार्यकर्ता एबम् शुभचिन्तकले सरकारले बरिष्ठ नेता पौडेलमाथी गरेको दुब्र्यबहारको सामाजिक सञ्जाललगायत सर्बत्र बिरोध गरिरहेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचनाले सर्बत्र बिरोधका स्वरहरु देखिएका छन् ।





