१७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले बरिष्ठ नेता रामचन्द्र पौडेलमाथी गरेको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको पुल उद्घाटन गर्न जाँदाको दुब्यवहारको कडा प्रतिकृया दिएको छ ।
दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतद्वारा जारी गरिएको बिज्ञप्तीमा जिल्ला सभापति प्रकाश आलेसहीतमाथी भएको निरंकुश गतिबिधिबिरुद्ध तरुण दल चुप लागेर नबस्ने बताएको छ । अध्यक्ष बस्नेतले देशभरका ७७ वटै जिल्लालाई यस्ता प्रकारका हर्कत सरकारबाट भए चुप लागेर नबस्न निर्देशनसमेत दिएको छ । तरुण दलले सरकारलाई सच्चिन आग्रह गर्दै तरुण दलले घटना दोरिएको खण्डमा चुप लागेर बस्न नसक्ने चेतावनीसमेत दिएको छ ।






