राजनीति

नेता पौडेलको पक्राउमा जनतासँग माफी नमागे नेविसंघले कडा आन्दोलन गर्छः अध्यक्ष ढुंगाना

१७ मंसिर, काठमाडौं । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माईतीघरबाट चेतावनी दिएका छन् । केपी ओली सरकारले लोकतन्त्रलाई प्रहार गरिरहे केपी ओलीलाई बालुवाटारबाट निकाल्ने बताएका छन् । उनले नेता पौडेलमाथीको दुब्यवहार पौडेल, काँग्रेसमाथीको आक्रमणमात्र नभएर सिंगो लोकतन्त्रमाथीको आक्रमण भएको बताएका छन् ।
उनले बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको ब्याँस नगरपालीकामा पुल उद्घाटन गर्न जाँदा गरिएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको दुब्र्यबहारको बिरोध गर्दै ओली सरकारको राजीनामा माग गरेका छन् । उनले बरिष्ठ नेता पौडेललाई पक्राउ गरेकोमा माफी माग्दै आगामी यस्ता कार्य नगर्न चेतावनी दिए ।
अध्यक्ष ढुंगानाले माईतिघरमा आयोजीत नेविसंघको सरकार बिरुद्धको कार्यक्रममा बोल्दै प्रहरीले जनताको सुरक्षा दिनुपर्ने बेलामा केपी ओलीले झापाको जग्गा बेचेर तलव दिएजसरी उनको भक्ती गर्दै बढुवा पाउने कार्यमा नलाग्न आग्रह गरेका छन् ।
नेविसंघले केन्द्रबाट काठमाडौंको माईतिघरमा बिरोध प्रदर्शन गरेको छ भने देशभरका जिल्ला समतिहरुले पनि आजको नेता पौडेललाई पक्राउ गरेको घटनाको बिरोध कार्यक्रमहरु गरेका छन् । उनले केपी ओलीले दुईतिहाईको दम्भमा मुलुकमा सर्बसत्ताबाद लाद्न खोजेको भन्दै केपी ओलीको सरकारले लोकतन्त्र कमजोर पार्न खोजे वालुवाटार र सिंहदरबारबाट सडकमा ल्याउने चेतावनी दिएका छन् । ३० अर्ब खर्च गरेपनि जनता ५० हजार खर्च गरी निजी अस्पताल धाउन बाध्य भएको भन्दै सरकार भ्रष्टाचार गर्ने बाटो खोजिरहेको आरोप लगाए । प्रधानमन्त्रीलाई भ्रष्टाचारीको संरक्षक भएको भनिरहेकाबेला उनले पदमा बसिरहनु  औचित्य नहुने विचारसमेत व्यक्त गरेका छन् ।