राजनीति

पाैडेल भावुकः भन्छन्, ‘असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा’

१८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी भएको प्रतिकृया दिएका छन् । बुधबार तनहुँको ब्याँसमा पुल उद्घाटन गर्न गएका बरिष्ठ नेता पौडेल तनहुँ काँग्रेसका कार्यबाहक सभापतिलगायत काँग्रेस नेता कार्यकर्ताहरुमाथी भएको प्रहरीको दुब्यबहार भोगेपछिको रातीपछि अहिले केहीबेर अगाडी सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले उक्त प्रतिकृया दिएका हुन् ।
पुल उद्घाटन पुनः आज हुने भन्दै काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीपनि दलबलसहित काठमाडौंबाट तनहुँ हिँडेका छन् । नेता पौडेलले भनेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।’ उनले प्रश्नसहित चिन्ता ब्यक्त गर्दै थपेका छन्, ‘असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ ।’ उनले आफूलाई प्रहरीले दुब्यवहार गर्नु भन्दा पनि असली लोकतन्त्र नआएकोमा चिन्ता लागेको संकेत गरेका छन् ।
नेता पौडेलकको स्टाटस्ः पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।
असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ ।