राजनीति

पौडेलमाथिको दुव्र्यबहारको बिरुद्धमा कांग्रेस संसदीय दल आक्रमक

१८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपादी कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलमाथि भएको दुब्यवहारको बिरुद्ध संसदीय दल आक्रामक भएको छ ।

बुधबार तनहुँ जिल्लाको व्यास नगरपालिकाको तालघरे स्थानमा काँग्रेसका वरिष्ठ नेता एवं संसदीय दलका पूर्व नेता पौडेल र अन्य नेता, कार्यकर्ताहरुको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरीएको दलले अरोप लगाएको छ ।

साथै नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु माथि अभद्र व्यवहार गरी पक्राउ गरिएको प्रति काँग्रेस संसदीय दलले आज विज्ञप्ति माफर्त भत्र्सना समेत गरेको छ । नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पुर्याउने गरी भएको उक्त कार्यको दलले निन्दा समेत गरेको छ ।

साथै वरिष्ठ नेता पौडेल समेत माथि भएको अन्यायको छानविन गरी दोषी माथि कारवाही गर्न संसदीय दलले सरकारसंग माग पनि गरेको छ ।