राजनीति

कोरोना खोप सबै देश र जनताले सहजरुपमा पानुपर्दछः प्रधानमन्त्री

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस खोप सम्पुर्ण देश र जनताले सहजरुपमा पाउनु पर्नेमा जोड दिएका छन् ।

कोरोना सम्बन्धी संयुक्त राष्ट्रसंघको बिषेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाईरस कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने भन्दै जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्नेमा जोड दिएका छन् ।

ओलीले कोरोना संक्रमणका कारण सम्पुर्ण मानव जगतनै संकटमा रहेको बेला जिवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । साथै उनले कोरोना खोप नबनेसम्म यो महामारीबाट बिश्वले छुट्कारा पाउन नसक्ने धारणा पनि व्यक्त गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रसंसा पनि गरेका थिए ।