१९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली प्रति जंगिएका छन् । नेता पौडेलले प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभई मान्छे मारेर ज्यान मुद्धामा जेल गएको बताएका छन् ।
बिहिबार गृह जिल्ला तनहुँको व्यास नगरपालीकास्थित बुल्दीखोला पुलको उद्धघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । बुधबार पुल उद्धघाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेपछि ओलीप्रति जंगिएका हुन् ।
नेता पौडेलले २०६२–६३ को जनआन्दोलनको बयलगाडा चढेर अमेरिका पुगिन्छ ? भनेका ओली राष्ट्रिय तथा अन्तराष्ट्रिय सड्यन्त्रले सरकारमा पुगेको दाबी समेत गरेका छन् ।
साथै उनले ओलीको राष्ट्रबाद बिदेशी गुप्तचरसंगको ३ घण्टाको भेटमा उदांगिएको टिप्पणी समेत गरेका छन् । नेता पौडेलले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षीत छैन भन्ने बुधबारको घटनले देखाएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले किसुनजीले कम्युनिस्टहरुलाई साथमा लिएर हिँड्न खोजेको तर गर्दागर्दा हैरान भएपछि गधालाई जति धोएर पनि गाई बनाउन सकिएन । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताएका छन् ।





