राजनीति

वालुवाटारमा सचिवालय बैठक शुरु, प्रधानमन्त्री ओली पनि सहभागि

२० मङ्सिर, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ंट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको भएता पनि ढिला गरी शुरू भएको हो ।आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आज शनिवारका लागि बैठक बोलाएको थियो ।

बुधवारको बैठकमा ओली उपस्थित नभएपछि एजेण्डामा छलफल हुन सकेको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।सोही अनुसार अहिले सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।