२० मसिंर,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको छ ।
आजको सचिवालय बैठकमा अध्यक्ष एवम प्रधानमन्त्री ओलीले गत मसिंर १३ गते पेश गरेको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको छ ।
नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र प्ष्पकमल दाहाल प्रचण्डको प्रतिबेदन स्थायी कमिटीमा पेश हुनेछ ।
आजको सचिवालय बैठकमा छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।
आज बसेको सचिवालय बैठकले पहिलेको निर्णय अनुसार भोलि आइतबार १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।





