२१ मसिंर,काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक दिउसो १ बजे धुम्वाराहिमा बस्दैछ ।
आजको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश हुनेछ ।
हिजो वालुवाटारमा बसेको सचिवालय बैठक निष्कर्ष विहिन भएपछि त्यो प्रस्ताव आजको स्याथी कमिटीको बैठकमा लैजाने निर्णय भएको थियो ।तर प्रधानमन्त्री ओली भने आजको स्थायी कमिटी बैठक बस्न असुन्तुष्ट देखिएका छन ।
उनले हिजोको सचिवालय बैठकमा आफ्नो एजेण्डा र कुनै पनि प्रकारको तयारी नरहेको भन्दे बैठक पछि सार्न भनेका थिए ।
तर पार्टी भित्रका अन्य नेताहरुले पुर्वनिर्धारित समयमा नै बैठक हुर्नु पर्नै अडान लिएपछि कमिटीको बैठक दिउसो १ बजे बस्दैछ ।





