२१ मंसिर,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी नेकपाको १ बजेको बैठक अलि ढिला गरी शरु भएको छ ।
स्थायी कमिटीको बैठक धुम्बाराहीमा बाक्लो सुरक्षा व्यवस्थापनका साथ शुरु भएको हो । तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित छैनन ।
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नै आफ्नो कुनै एजेण्डा र तयारी नभएको भन्दै आज बस्ने स्थायी कमिटी बैठक सार्न भनेका थिए ।





