सामाजिक सञ्जाल

नेकपाकै बैठकमा अनुपस्थित प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक कांग्रेसलाई चौचित्य छैनः नेता गुरुङ

२३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकारको भ्रष्टाचारका बिरुद्ध मोर्चाबन्दी कस्न पार्टीलाई सर्वदलीय बैठक आवस्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै नेता गुरुङले अहिलेको अवस्थामा सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक रहेको बताएका छन् । 

साथै नेता गुरुङले नेकपाकै बैठकमा अनुपस्थित प्रधानमन्त्रीले डाकेको सवर्दलीय बैठक कांग्रेलाई चौचित्य नभएको पनि बताएका छन्  । प्रधानमन्त्री तथा नेकपाका अध्यक्षले आह्वान गरेको सर्बदलीय बैठकलाई ईंगित गर्दै नेता गुरुङले आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्ने भएसंगै नेता गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो ।

उनको ट्वीटः आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन । बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ । @DeubaSherbdr