राजनीति

हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र कायम गरौंः अध्यक्ष थापा

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने पूर्ण धार्मिक स्वतन्त्रता/ समानता सहितको हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र कायम गर्नुपर्ने बताएका हुन् ।

मुलुकमा पछिल्लो समय राजा आउ देश बचाउ भन्ने नारा लगाउँदै राजावादीहरु सलबलाईरहँदा अध्यक्ष थापाले पनि सर्मथन जनाउँदै यस्तो धारणा ब्यक्त गरेका छन् ।

साथै अध्यक्ष थापाले एक अर्कालाई निषेध गरेर नभई परिवर्तनकारी शक्ति/बिचार र परम्परागत शक्ति/बिचार बिच सामञ्जस्यता कायम गरे नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी हुने दाबी गरेका छन् ।

उनको ट्वीटः गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने पूर्ण धार्मिक स्वतन्त्रता/ समानतासहितको हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र कायम गरौ । एक अर्कालाई निषेध गरेर होईन, परिवर्तनकारी शक्ति/बिचार र परम्परागत शक्ति/बिचार बिच सामञ्जस्यता कायम गरौँ । त्यही नै नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी हो ।