राजनीति

साझा र विवेकशील एकता घोषणा, मिश्र भन्छन्, ‘देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ’

२४ मंसिर, काठमाडौं । आज साझा र विवेकशील पार्टीको एकीकरण घोषणा हुने भएको छ । अपरान्ह ३.३० बजे भर्चुअल माद्यमबाट दुई पार्टीबीच एकता घोषणा हुने साझा पार्टीले जनाएको छ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच एकीकरण सहमती भएपछि बन्ने नयाँ पार्टी विवेकशील पार्टीको अध्यक्षमा रविन्द्र मिश्र रहने र संयोजकका रुपमा मिलन पाण्डे रहने छन् । पार्टीको सचिवालयमा १३ १३ जना र केन्द्रीय समितिमा ६५ ६५ जना रहने सहमती छ । दुई पार्टीबीच भएको यस भन्दा पहिलेको एकीकरण विचार नमिलेका कारण फुट भएको भनेका भएपनि दुई पार्टीका उच्च नेतृत्वको बिभिन्न छलफलपछि पुनः एकीकरण भएक हुन् ।
पार्टी एकीकरणको बिषयमा साझाका संयोजक मिश्रले भनेका छन्, ‘हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथ र सहयोगले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ।
हामी केवल ‘अस्तित्वुमा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ।
कार्यक्रम दुवै पार्टी, मेरो र कयौँ नेताको फेसबुक पेजबाट लाइभ प्रसारण हुनेछ। यो खुशीको सन्देश सक्दो श्यर गरिदिनुभएमा आभारी हुनेछु।’