२५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवंम पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेकपाका दुई अध्यक्षप्रति आक्रोसीत भएका छन् ।
एक सञ्जार माध्यमसंग कुरा गर्दै नेता नेपालले पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाललाई पार्टीलाई बिधिबाट चलाउन सुझाव दिँदै आँफुलाईै सुप्रिम नठान्न दुबै अध्यक्षलाई चेतावनी दिएका छन् । दुबै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझउँदै नेता नेपालले बैठकभन्दा फरक ढंगले नउभिन समेत चेतावनी दिएका छन् ।
नेता नेपालले ओलीप्रति ईंगीत गर्दै कसैले पनि आफैलाई सर्वज्ञानी ठान्न नहुने भन्दै अहंकारले नै लंका दहन भएको भन्दै कटाक्ष व्यक्त गरेका छन् । उनले हरेक समास्याको समाधान छलफलबाटै हुने भन्दै बैठकबाट नभाग्न ओलीलाई सुझाव दिएका छन् । पछिल्लो समय नेकपाका दुई अध्यक्ष्बीच जुहारी चलेको र ओली बैठकबाट भागिरहेको प्रति उनले आक्रोस व्यक्त गरेका छन् ।
साथै आँफुले कुनैपनि पद नमागेको दाबी गर्दै नेता नेपालले प्रधानमन्त्री वा जेजे अफर भएपनि अहिलेको लडाईं त्यसको लागी नभएको स्पष्टिकरण दिएका पनि छन् । नेता नेपालले अहिलेको समस्याको जड प्रधानमन्त्री ओली भएको भन्दै जसले समस्या उब्जाएको छ त्यसैले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
सथै नेता नेपालले पछिल्लो समय राजा आउ देश बचाउ भन्दै विभिन्न राजावादीहरु सल्बलाउन थालेको तर्फ ईंगीत गर्दै राजा फर्केर सत्तामा आउने संभावना नरहेकाले सत्ताको र्याल नचुहाउन समेत पुर्व राजालाई चेतावनी दिएका छन् ।





