२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जनतामारा सरकारको ज्यादती र कुकृत्यको भन्डाफोर गरौं भन्दै सबैलाई २९ गतेको कँँग्रेसको ७७ जिल्लाको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबिरुद्ध उत्रन आह्वान गरेका छन् । अध्यक्ष ढुंगानाले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सर्व सत्तावाद विरुद्ध,
२८ गते सिठ्ठी फुकौं…
२९ गतेको विरोध प्रदर्शनको तयारीमा जुटौं…
नेकपा सरकारको सर्वसत्तावादी चिन्तन एवं शृङ्खलाबद्ध भ्रष्टाचारका विरुद्ध जन आवाज बुलन्द गर्न नेपाली काङ्ग्रेस द्वारा मंसिर २९ गते ७७ वटै जिल्लामा आयोजित बिरोध प्रदर्शन मा सहभागी बनौं ।
जनतामारा सरकारको ज्यादती र कुकृत्यको भन्डाफोर गरौं।’






