राजनीति

०४६ सालपछि नेपालको राजनीति मुल्यमान्यता भन्दा कमाउ पेसा हुनु दुखदः नेता सिंह

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तन पछि मुल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनु पर्नेमा कमाउ पेसा बनेको प्रति चिन्ता ब्यक्त गरेका छन् । अहिले मूल्य मान्यता भन्दा पनि पावर मनि मसलको प्रयोग हुनु निकै दुखद रहेकोर जनतामा निरासा छाएकोले यो निकै गम्भीर बिषय भएको बताएका छन् ।
अहिले सरकार संविधान र संघियताको मर्म विपरित हिँडेको समेत बताएका छन् । आज काठमाडौं ३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघियताको अनुकूल नभएको सिंहले बताएका छन्। संघीय सरकारले प्रदेश र स्थाननीय सरकारलाई पहिलेकै झैं प्रशासनिक निकायको व्यवहार गरेको भन्दै आलोचना समेत गरेका छन् ।
सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाई रहेकोछ । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै उनले १३ ओै महाधिवेशनपछि कांग्रेस कमजोर भएको टिप्पणी गरे । १४ ओै महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोडदिएका छन् । समयमै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उहाँको भनाइ थियो । सिंहले लोकतान्त्रिक दल विधानबमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेको बताउनु भएकोछ कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य नबिन्द्रराज जोसि, काठमाडौं जिल्ला सभापति सबुझ बानियाँ क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा महासमिति सदस्य सुरज चन्द्र लामिछानेले स्व कोईरालाको बारे चर्चा गरेका थिए ।