राजनीति

महामन्त्री खड्का आक्रोसीतः जनता कोरोना मारमा, ओली सरकार सत्ताको जित-हारमा

२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी बिबादलाई लिएर टिप्पणी गरेका छन् ।

महामन्त्री खड्काले जनता कोरोनाको मारमा रहेका बेलामा ओली सरकार भने सत्ताको जीत–हारमामै रुमलीएको भन्दै कटाक्ष गरेका छन् ।

उनले ओली सरकारका यनिै नालदायकीपन र भ्रष्टाचारका बिरुद्धका कांग्रेसको २९ गतेको बिरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।

उनको ट्वीटरः जनता कोरोनाको मारमा, नेकपाको सरकार सत्ताको जीत-हारमा । त्यसैले मंसिर २९ मा, हामी ओर्लन्छौं सडकमा,भौतिक दुरि कायम राख्दै सर्वसत्तावादका विरुद्धमा !