राजनीति

ओली सरकारका भ्रष्टाचार/अधिनायकवादले जनातामा बितृष्णा, भोलीको आन्दोलन त्यहि केन्द्रितः देउवा

२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती सेरबाहादुर देउवाले ओली सरकारका भ्रष्टाचार, अधिनायकवादले जनातामा बितृष्णा जागेको भन्दै भोलीको आन्दोलन यसै केन्द्रित भएको बताएका छन् । सरकारका बिरुद्ध सरकारका बिरुद्ध जारी आन्दोलनको पसर्व सन्ध्यामा सभापती देउवाले यस्तो बताउँदै आन्दोलनमा सहभागीकालागी सम्पुर्ण देशबासीमा अपिल गरेका छन् । उनले शान्तिपुर्ण आन्दोलनमा सहभागीताका लागी अफि गर्दै भोलीको आन्दोलन सरकारका बिरुद्ध सांकेतिक मात्रै भएको बताएका छन् ।

सभापती देउवाले आफ्नो अपिलमा यस्तो भनेका छन्ः “प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो,” । “ यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृषणा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको टिप्पणी गरेका छन् ।

सभापती देउवाले नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको बताएका छन् । उनले नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिने र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढने प्रतिवद्धता जनाउँदै भोलिको सांकेतिक प्रदर्शन सुरुवातमात्रै भएको चेतावनी दिएका छन् ।

सभापती देउवाले भोलीको प्रदर्शनको तयारीमा जुटेका सबैलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गर्दै कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि सबैलाई आग्रह गरेका छन् ।

कोरोनाका कारण मुलुकमा युवाहरु बेरोजगर भएको, कोरोना औंषधि नपाएर नागरिकले ज्यान गुमाउनु परेको, लकडाउनका रोजगारी गुमाई खाना नै खान नपाई नागरिक मरेको शिक्षक, एकमल महिला, सम्पुर्ण नागरिकको पीडा र गहिरो भावनालाई ओली सरकारले आत्मसाथत गर्न नसकेको भन्दै उनले यी सबै बर्गको पीडा र भावनालाई अब कांग्रेसले अँझ प्रखर ढंगले मखरित गर्ने बताएका छन् ।