२९ मंसिर, काठमाडौं । सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षबीचको सहमति नै पार्टीकाे सहमती नभएको बताएका छन् ।
एक सञ्चारमाध्यमसंग कुराकानि गर्दै नेता नेपालले के नेकपा पार्टी दुई अध्यक्षको प्राईभेट लिमिटेड कम्पनी हो ? पुर्व एमाले ओलीको प्राईभेट लिमिटेड कम्पनी हो भन्दै कडा प्रश्न समेत गरेका छन् ।
साथै नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका सम्पुर्ण मान्छेहरुको मन जित्न समेत सुझाव दिएका छन् । उनले अेलीले नेपाली जनताको बहुदलीय जनबाद (जबस) संग प्रधानमन्त्री पद साटेको समेत आरोप लगाउँदै आँफुसंग प्रमाण् रहेको बताएका छन् ।
ओली र उनि निकट व्यक्तिहरुमा मै सर्बाेसर्बा भन्ने अहंकार र अरुलाई अपमान गर्ने प्रबृत्ति रहेको आरोप लगाउँदै नेता नेतालले ओलीकै कारण नै पार्टीमा समस्या अएको टिप्पणी समेत गरेका छन् । ओलीले नै निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाएको आरोप समेत नेपालले लगाएका छन् ।
तर त्यो धम्कीको लागि मात्रै भएको बताउँदै नेपालले ओलीलाई पार्टीको माया भए नेकपा छोडेर एमालेमा नजाने बताए । उनले ओलीले जनताबाट निर्वाचित भएर अध्यक्ष र प्रधानमन्त्री भएको भनेर झुट बोलेको बताएका छन् ।





