२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी फागुन ७ गते महाधिवेशन सम्भव नभएको बताएका छन् ।
राजधानिमा भएको एक कार्यक्रममा महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्यताको अन्तीम टुंगो लगाउनै तीन महिना लाग्ने हुदा फागुुन ७ गते सम्भव नभएकाले जेठसम्म महाधिवेश सम्पन्न गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
उनले आगामी महाधेवेशनमा आफुहरुका तर्फबाट जो भएपनि सभापतीको उम्मेदवार एक मात्रै हुने बताएका छन् । महाधिवेशनका लागी आँफु र शेखर कोईराला मध्य को सभापतीको उम्मेदवार हुन्छ भन्ने निर्णय पार्टीका नेता, कार्यकता र आपसि छलफलबाटै टुंगो लाग्ने धारणा व्यक्त गरेका छन् ।
महामन्त्री कोईरालाले मुलुकमा पछिल्लो समय राजा आउ देश बचाउ भन्दै भईरहेका विभिन्न पर्दशन प्रति लक्षित गर्दै अब मुलुकमा राजा कुनैपनि हालतमा नआउने बताएका छन् । उनले जनमत संग्रहमाफर्त हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा पनि जोड दिएका छन् ।





