३० मंसिर, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उँखु किसानको मागप्रति ओली सरकारले चासो नदिएको भन्दै रुष्ठ भएको छ ।
आफुले पाउनु पर्ने बक्यौता रकम नपाएपछि आन्दोलनमा होमिएको उँखु किसाको आन्लदोलन प्रति समर्थन जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक ट्वीटमाफर्त यस्तो कटाक्ष गरेका हुन् । साथै उनले उखु किसान नै होइनन् यिनिहरु जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो भन्दै प्रधानमन्त्री संग प्रश्न समेत गरेका छन् ।
उधोगिले मुल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने भन्दै कांग्रेस आक्रोसीत भएको छ । साथै उँखु किसान चिनाउन, स्वर सुन, र मुल्य तिराउन कांग्रेसले साथ दिने प्रतिवद्धता व्यक्त समेत गरेका छन्।
आँफुले पाउनु पर्ने रकमको माग गर्दै गत वर्ष किसान काठमाडौंमा आएपछि सरकारले पैसा भुक्तानी दिलाउने बताएपनि एक वर्ष बितिसक्दा सम्म भुक्तानी नपाएपछि उँखु किसान फेरी राजधानी केन्द्रित आन्दोलनमा छन् । र सोमबार बैठकमा बोलाईएपनि उनिहरुले मन्त्रीहरुलाई नै पैसा लीएर माईतीघरमा आउन भन्दै बैठक बस्न ईन्कार गरेका थिए ।
उनको ट्रवीटः उखु किसान नै होइनन् यिनिहरुझ जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो सम्माननिय @Pm_Nepal ? हिजो यिनको भोट चिन्ने आज यिनको अनुहार नचिन्ने रु उधोगिले मुल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने रु किसान चिन, स्वर सुन,मुल्य तिराउ l हाम्रो एक्यवद्धता छ l






