राजनीति

संसद अधिवेशन छलेर अध्यादेश ल्याउनुले ओली सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टियोः सभापति देउवा

३० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनुले ओली सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् ।

सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्री सहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि आपत्ती जनाउँदै सभापती देउवाले यस्तो बताएका हुन् ।

उनले उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद भएको टिप्पणी समेत गरेका छन् ।

संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको र यसबाट ओली सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् ।

सरकारले अध्यादेश जारी गरेपछि चौतर्फि बिरोध भएकाकेला कांग्रेस सभापती देउवाको यस्तो धारणा सार्वजनीक भएको हो । यो अध्यादेप्रति कांग्रेसको बिमती रहेको पनि बताएका छन ।

उनको ट्वीटः उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ियसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !