राजनीति

अलोकतान्त्रीक अध्यादेश तुरुन्त खारेज गर्न ने.वि.संघको चेतावनी

१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थि संघ ने.वि.संघले अलोकतान्त्री अध्यादेश तुरुन्त खारेज गर्न चेतावनी दिएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमाफर्त लोकतान्त्रिक मूल्य र मान्यता लाई कमजोर पार्ने गरी जारी गरिएको अध्यादेश प्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न चेतावनी दिएका हुन् ।

ने .वि संघले संविधानको संरक्षक र अभिभावकको भूमिका निभाउनु पर्ने ओली गुटको कठपुतली भएर नाच्नु आपत्तिजनक र निन्दनीय भएको बताएकाे छ । अध्यक्ष ढुंगानाले सर्वसत्तावाद र निरंकुशताको अभ्यास गर्न जारी गरिएको अध्यादेश तुरुन्त खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनको स्टाटस्ः . लोकतान्त्रिक मूल्य र मान्यता लाई कमजोर पार्ने गरी जारी गरिएको अध्यादेश आपत्तिजनक छ…  . अझ संविधानको संरक्षक र अभिभावकको भूमिका निभाउनु पर्नेले ओली गुटको कठपुतली भएर नाच्नु आपत्तिजनक र निन्दनीय छ… । .सर्वसत्तावाद र निरंकुशताको अभ्यास गर्न जारी गरिएको अध्यादेश तुरुन्त खारेज गर !!!