राजनीति

राष्ट्रपतीलाई महाअभियोग/प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्ताबाट हटाऔंः तरुण दल

१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध तरुण दलले राष्ट्रपतीलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्ताबाट हटाउनु पर्नेमा जोड दिएको छ ।

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले राष्ट्रपतिको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिएकोले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न माग गरेका छन् ।

उनले प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप-सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको तरुण दलको ठकहर छ ।

साथै तरुण दलले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न अनुरोध गरेको छ ।

संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता आफुहरुको भएको बस्नेतले बिज्ञप्तिमा जनाएका छन् । उनले आफ्नो नेपाली कांग्रेसले सर्बसत्ताबादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने चेतावनी समेत दिएका छन् ।