राजनीति

अँझै सुरु भएन नेकपा स्थायी कमिटी बैठकः दुई अध्यक्ष पुनः छलफलमै

१ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक अँझ सुरु हुन सकेको छैन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकअघि छलफल भइरहेको छ । दिउँसो १ बजे बोलाईएको बैठकमा दुई अध्यक्षबीच सहमती हुन नसक्दा बैठक अनिश्चित बनेको हो ।

स्थायी कमिटीको बैठक अझै सुरू हुन नसकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्षबीच फेरि छलफल भएको हो ।

यसअघि भएको छलफलमा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई १९ बुँदे प्रतिवेदनमा छलफल हुन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको बताएका थिए । अहिले महासचिव विष्णु पौडेलसहित दुई अध्यक्ष छलफलमा जुटेका छन् ।