राजनीति

नेकपा सहमतीको बाटोमाः दुबै अध्यक्षका आरोपत्र फिर्ता हुने, दुबै ब्याक

१ पुष, काठमाडौं । अन्ततः सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सहमतीको बाटोमा देखिएको छ । आज दुई अध्यक्षबीच पटक–पटक बसेको बैठकपछि नेकपामा नयाँ सहमति कायम भएको छ ।

सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छ । त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको बालुवाटार श्रोतले जानकारी दिएको छ । नेताहरु भदौ २६ को सहमतिमा फिर्ता हुन तयार भएको बालुवाटार स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा यस्तो सहमति जुटेको हो । भदौ २६ मा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै पक्ष तयार भएका हुन् । त्यसपछि भएका त्रुटिहरु सच्याउन तयार भएको एक नेताले जानकारी दिए । उनका अनुसार सबै अनौपचारिक सहमति भएपछि अहिले स्थायी कमिटीको बैठक सुरू भएको हो ।

स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएपछि संसद अधिवेशनको माग गर्दै दर्ताका लागि अघि बढाइएको निवेदन पनि फिर्ता लिन दाहाल पक्ष तयार भएको थियो ।