१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्रमशः महाअभियोग र अबिश्वासको प्रस्तावबाट हटाउनुपर्ने बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘ साथै सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’
उनले केन्द्रीय समितिको निर्णय भन्दै भनेका छन्, ‘नेपाली कांग्रेसले सर्बसत्ताबादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने जानकारी समेत गराएका छन् । अध्यक्ष बस्नेतले प्रस्तुत विषयमा प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको बताएका छन् । अध्यक्ष बस्नेतले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रिय समिति अनुरोध गर्दै संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्ने बताएका छन् ।
सरकार र राष्ट्रपतिप्रति नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल शसक्त रुपमा प्रश्तुत हुने राजनीतिक आंकलन गर्न सकिन्छ ।






