२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा परिषद् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले आज (बिहीबार) बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए ।
यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।





