राजनीति

‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौः प्रधानमन्त्री ओली

७ पुष, काठमाडौं । प्रधानमन्त्री तथा सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने बताएका छन् ।

वालुवाटारमा जारी आफ्नो गुटको केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने बताएका हुन् ।

उनले आफूले पार्टी नफुटाउने भन्दै पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेका लागि कमिटि घोषणा गरेको जानकारी दिए।

उनले बैठकमा भनेका छन्ः ‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन ।

साथै ओलीले केन्द्रीय सदस्यको भेलामा पिलो निचोरेर फाल्दैमा तौल नघट्ने व्यंग्य समेत गरेका छन् ।