७ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वअर्थमन्त्री महेश आचार्यले नेपाली काँग्रेसले कुनै अन्य दलसँग मिलेर सरकार बिरुद्धको आन्दोलनमा सहभागी हुन नहुने विचार ब्यक्त गरेका छन् ।
मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यालयमा बसेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै नेता आचार्यले भनेृका छन्, ‘सरकारले संसदीय मर्यादालाई पूर्णरुपमा अवज्ञा गर्दा नेकपाले त्यसलाई सच्याउने प्रयत्न गर्न सकेन । जनतालाई विश्वासघात गरेको छ । त्यसकारण अब हामीले कुनै पनि नेकपासँग होइन, छुट्टै आन्दोलन गर्नुपर्छ ।’
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको संसद बिघटनको बिरोधको बिषयमा रणनीति तयार गर्न बसेको काँग्रेस बैठकमा बोल्दै नेता आचार्यले गहकिलो विचार राखेको भन्दै केन्द्रीय सदस्यहरुले उनको प्रशंसा गरेका थिए । नेता आचार्यले केपी ओलीले संसद बिघटन सिफारिस गरेको कुरालाई कुनैपनि रगं दिएर समर्थन गर्न नसकिने भन्दै यो सबै कुरा नेकपाले राजनीतिकरुपमा सच्याउन सक्थ्यो । सच्याएन । त्यसकारण हामी नेकपाको कुनै पनि समूहसँग मिल्नु हुँदैन भन्ने तर्क केन्द्रीय समिति बैठकमा गरेका छन् । सोमबार बसेको काँग्रेस, नेकपा र जसपाको बैठकमा तीन दल मिलेर अगाडी बढ्ने सहमती भएको बिषयलाई लिएर नेता आचार्यले उक्त फरक विचार राखेका हुन् ।





