८ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री डा नारायण खड्काले केन्द्रीय समिति बैठकमा ३ बिकल्प प्रश्तुत गरेका छन् । उनले आफूले बैठकमा राखेका मुख्य कुराहरु भन्दै उक्त कुराहरु सार्बजनिक गरेका हुन् ।
उनले राखेका विकल्पहरुमा प्रश्नसहितका जटिल छन् । डा खड्काले राष्ट्रपति बिद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद बिघटन सिफारिस गरेपछि तत्काल सदर गरेपछि आएका पछिल्ला राजनीतिक घटनाक्रमहरुमा कसरी अगाडी बढ्ने भन्ने रणनीति तयार गर्न केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा साँसद खड्काको उक्त भनाई आएको हो । मंगलबारदेखी काँग्रेस केन्द्रीय कार्यालयमा रणनीति तयार गर्न बैठक बसिरहेकोछ । केन्द्रीय समिति बैठकमा आफ्ना बिचारहरु पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलेराख्ने क्रम जारीछ । डा खड्काको बुँदागत बिकल्पहरु यस्ता छन्ः
१. पहीलो उत्तम विकल्पस सर्वोच्चको निर्णयलाई स्विकार्ने ।
२. अदालतले प्रम ओलीको विघटनको निर्णय असंवैधानिक ठहर गरे संसद स्वत पुनर्स्थापित हुन्छ यो स्वागत योग्य छ । अदालतले संवैधानिक ठहर गरे लोकतांत्रिक दलले निर्वाचनमा जानुको विकल्प छैन ।
३) आन्दोलनको उदेश्य के हो, के यस्ले संसद व्युताउन्छ? जन दवाव कस्लाई दिने राष्ट्रपतिलाई ? के उनी संग राजकीय सत्ताको शक्ति छ, पूर्व राजा ज्ञानेन्द्रले २०६२–६३ मा संसद पुनर्स्थापना गरे जस्तै ? भीड़ वढदै गए के त्यो
हाम्रो नियंत्रणमा हुन्छ ? यस्को अन्तिम व्यवस्थापन अरु कुनै शक्तीले गरी दिए त्यस्को परिणाम के हुन्छ? आन्दोलन अरुलेनै डोर्याउने, संसद पनि न व्युतीने अनी संविधान पनि फालिने– के यो अवस्थाको कल्पना गर्न सकिदैन ? अनि के हुन्छ ? यस्कारण अनिश्चित उदेश्य र अनिश्चित गन्तव्य वोकेर आन्दोलन गर्नु राम्रो विकल्प होईन । धन्यवाद !!





