राजनीति

नेकपा फुटको संघारमा पुगेका बेला बढ्यो चिनियाँ राजदुतको सक्रियता, दाहालसंग भेट

९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती विद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा फुगेको बेला चीनियाँ चिनियाँ राजदुतको सक्रमीयता बढेको छ ।

प्रायजसो नेकपा बिवादको बेला आफ्नो सक्रियता बढाउने चिनियाँ राजुत होउ यान्छीले आज बिहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसंग भेठवार्ता गरेकी छिन् ।

यान्छी आज बिहानै अध्यक्ष दाहाललाई भेट्न दाहाल निवास खुमलटार पुगेकी थिइन् । भेटमा यान्छीले नेकपाको पार्टी विवादमा गम्भीर चासो र चिन्ता व्यक्त गरेको बताइएको छ ।

यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको बताएकी थिइन् । सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी छन् ।

नेकपा विवाद विभाजनतर्फ उन्मुख हुँदा राजदूत यान्छीले सक्रियता बढाएकी छन् । दुई दिनअघि मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् । यान्छी नेकपाका बिभिन्न शिर्ष नेताहरुसंगको भेटघाटमा सक्रीय भएका कारण पटक–पटक आलोचित समेत हुने गर्दछिन् ।