राजनीति

दहाललाई हटायो ओली पक्षले नेकपाको कार्यकारी अध्यक्षबाट, कुन होला आधिकारिक नेकपा ?

९ पौष, काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहले अर्का अध्यक्ष पुष्पकमल दहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेका छन् । नेपाल दहाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसमेत रहेका केपवी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको केहीदिनमा नै अध्यक्ष ओली समूहले अध्यक्ष दहाललाई नेृकपाको कार्यकारी अध्यक्षबाट हटाएको छ ।
नेपाल दहाल पक्षबाट नेकपाको अध्यक्ष माधव कुमार नेपाल बनिसकेका छन् भने पुष्पकमल दहाल नेकपाको संसदीय दलको नेता चयन भईसकेका छन् । शुक्रबार नेकपाको आधिकारिकताको बिषयमा नेपाल पक्ष निर्बाचन आयोगमा जानेछ भने ओली पक्षले त्यसपछि कुनै कदम चाल्नसक्ने अनुमान गरिएको छ ।
नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा नेपाल दहाल पक्षको बहुमत सदस्य भएका कारण नेपाल दहाल समूहले नै पार्टीको आधिकारिकता पाउने अनुमान गरिएपनि दुबै पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्ने हो भने प्रधानमन्त्री ओलीको नेकपालाई नै आधिकारिकता दिने सम्भावना छ । आधिकारिकता दिए निर्बाचनमा सुर्य चिन्हमा लड्न पाउनेलगायतका फाईदा हुन्छ ।
नेकपा एमाले र माओबादी केन्द्रको एकीकरण गरेर यहाँसम्म आएका नेताहरु अन्ततः नराम्रोसंग फुटेका छन् । फुटका कारण स्थानीय स्तरका नेतालेसमेत नेकपाको केन्द्रीय सदस्य हुने मौका पाएका छन् भने कतिपयले जसलाई पनि सजिलै केन्द्रीय सदस्य बनाएको भन्दै नेकपाका नेताहरुको आलोचनासमेत गरेका छन् ।
नेकपाकबो आधिकारिकता लिन दुबै पक्ष कम्मर कसेर लागेका छन् निर्बाचन आयोगले जसलाई आधिकारिकता दिए पनि उक्त आधिकारिकताको मुद्धा सर्बोच्च अदालत जाने सम्भावना बलियो छ । ओली सरकारले बैसाख १७ र २७ गते देशभर दुई चरणको संघीय निर्बाचन घोषणा गरिसकेको अवस्थामा नेकपा फुटले राजनीतिक रुपमा मुलुकको राजनीति कता जान्छ भन्ने प्रष्ट पार्न सक्ने अवस्था देखिन्न ।