राजनीति

प्रधानमन्त्रीले सर्बैसर्बा मै हुँ भन्न खोजे, अब उनकै लागि घातक हुन्छः नेता सिंह

१० पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकासमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आँफुलाई सर्बैसर्बा मै हुँ भन्न खोजेको टिप्पणी गरेका छन् । पुर्व उप-प्रधानमन्त्री रमेत रहेका नेता सिंहले एक सञ्चारमाध्यमसंग कुराकानी गर्दै मै हुँ भन्ने हठ्ले प्रधानमन्त्रीलाई नै घातक हुने बताएका छन् ।

नेता सिंहले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको प्रति बिरोध जनाउँदै काम गर्न दिएन भन्दै आफ्नो अधिकार नै नभएको ठाउँ संसद बिघटन गरेर जननिर्वाचित संस्थाले बनाएको संबिधानमाथि प्रहार गरेको धारणा व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीकाे उक्त अलोकतान्त्रीक हर्कतका बिरुद्ध कांग्रेसले डटेर प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संबिधानको अब कांग्रेसले नै रक्षा गर्ने पनि बताएका छन् । उनले नेकपाले बनाउन नसकेको सघिय लोकतान्त्रिक गणतन्त्र समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको बताए । ओली नेतृत्वको सरकारले उक्त संबिधानको रक्षा गर्न नसकेको बरु संविधानमाथि नै प्रहार गरेको उनको भनाई थियो ।

संबिधानमाथि प्रहार गर्ने चाहे त्यो प्रधानमन्त्रीले नै भएपनि कांग्रेसले त्यसलाई रोक्ने बताएका छन् । ओली सरकारका संबिधान बिपरित कार्यले सर्बसत्तताबादी प्रस्ट्याएको भन्दै अबका दिन ठि छैनन् भन्ने दर्साएको बताएका छन् । अब मुलुकमा ओली सरकारको कु दृष्टिबाट संबिधान जोगाउन कांग्रेस खडा हुने उनको दाबी छ ।

प्रधानमन्त्रीले संविधान, विधि र प्रक्रिया लत्याउँदै अगाडि बढ्नुले कुन तहससम्मको जोखिममा पुग्ने खतरा देख्नु भएको छ ? भन्ने प्रश्नमा नेता सिंहले प्रधानमन्त्रीको कदमले यो व्यवस्थामाथि गम्भीर चुनौती देखिएको भन्दै कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको अस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

नेता सिंहले असंवैधानिक कदमबाट घोषणा गरिएको निर्वाचनमा सहभागी हुँदा एउटा अधिनायकवादी प्रवृत्तिलाई साथ दिएको ठहरिने बताएका छन् । साथै उनले आफ्नो नेतृत्वमा जारी भएको संविधान जोगाउन काँग्रेसले सशक्त रुपमा प्रतिकार र प्रतिवाद गर्ने र निर्णय उल्टाउने तहसम्म काँग्रेस जनुपर्नेमा जोड दिएका छन् ।

साथै नेता सिंहले संसद बिघटन बिरुद्ध सर्बाेच्चमा परेको रिट निवेदनको बिषयमा सर्बाेच्चले आफ्नो धर्म नछाडी संविधानको पक्षमा फैसला गर्छ भन्नेमा आँफु बिश्वस्त रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीद्वारा संसख विघटनको निर्णयलाई सच्याउन कांग्रेसले सशक्त आन्दोलन गर्ने बताएका छन् ।